Saturday, January 28, 2012
   
Text Size
image image image image
सालको पात टपरी गाँसेर...! लौ नानी यो पात वेचेको पनि के फोटो खिचि राखेको होला ? नेपाली परम्परा अनुसार विभिन्न कार्जेहरुमा प्रयोगमा आउने दुना तथा टपरा वनाउनका लागि आवश्यक पर्ने सालको पात पनि आम्दानीको स्रोत वन्न थालेको छ । तर आजकल प्लाष्टिकका टपरीहरुको प्रयोग बढेपछि यस्ता टपरीहरुको प्रयोग घड्दो छ ।
ढुवानीको साधन म्याग्दीको घारबाट खच्चरलाई सामान बोकाएर घोरेपानीतर्फ लैजाने तयारी गर्दै घोरेपानीका बासिन्दा । सडकको विस्तार र चरन क्षेत्रको अभावमा त्यस क्षेत्रमा घोडा र खच्चरको संख्या घटिरहेको छ । यातायातको वैकल्पिक साधनको
शुक्लाफाँटमा बाह्रसिङगे कञ्चनपुरको शुक्लाफाँट वन्यजन्तु आरक्षमा रहेका बाह्रसिङ्गे । बाह्रसिङगे संसारमा दुर्लभ जनावरमध्येको एक हो । नेपालमा यसको संरक्षणका लागि विभिन्न स्तरबाट पहल भइरहेका छन् । तैपनि, ती प्रयास फितलो र
पालाको पैंचो अछाम को साँफेबगर बाट बाजुराको सदरमुकाम मार्तडी जाँदै गरेको बस तान्दै यात्रुहरु । ५७ किलो मिटर लामो उक्त सडक १६ वर्षसम्म पनि गाडी चल्नसक्ने गरी नबन्दा जनताले हरेक दिन यसैगरी डोरीले बस तान्नुपर्ने बाध्यता रहेको छ ।

लाल भिडियो

विज्ञापन स्लाईड

  • images/stories/addshow/dsng.jpg
  • images/stories/addshow/img.jpg
  • images/stories/addshow/sch.jpg
  • images/stories/addshow/sfc.jpg

समाचार

राष्ट्रपतिद्वारा वसन्त श्रवण

माघ १४, काठमाडौं । श्रीपञ्चमीको अवसरमा राष्ट्रपति डा.रामवरण यादव आज बिहान हनुमानढोका दरबार जानु भई वसन्त श्रवण गर्नुभयो । उक्त अवसरमा पण्डित रघु अर्यालले वसन्त पाठ गर्नुभएको थियो ।  राष्ट्रपतिको आगमनका...

२२ औँ वार्षिकोत्सव कोटेश्वर क्याम्पसको

माघ १४, काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पसको २२ औँ वार्षिकोत्सव आयोजित समारोहमा सहभागी वक्ताहरुले क्याम्पसले मुलुकभरिकै विद्यार्थीका लागि शैक्षिक गन्तव्यका रुपमा आफ्नो पहिचान बनाउन सफल भएको धारणा व्यक्त गरेका छन्...

Move
-

राजनिती

मुख्य

माघ ११ । लहान – नेकपा (एमाले) सिरहाले दोस्रोचरणको आन्दोलनको घोषणा गरेको छ । एमालेको सिरहा जिल्ला कमिटीले आज बिहान ९:०० बजे लहानमा पत्रकार सम्मेलन गर्दै माघ २४ गते मसाल जुलुस, २५ गते जिल्लाभरि दुई घन्टा चक्काजाम र २६ गते जिल्लाभरि आमहड्तालसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री रामचन्द्र यादवले जिल्लाको विभिन्न...

बाँकी पढ्नुहोस्
बन्दले एमाले बैठक पनि स्थगित

माघ ११ । काठमाडौं – आजको उपत्याका बन्दका कारण नेकपा(एमाले)को आज बोलाइएको स्थायी समिति बैठक स्थगित भएको छ ।
फागुनमा तय भएको राष्ट्रिय प्रतिनिधि परिषद्को तयारीका बिषयमा छलफल गर्न आज बिहान १० बजेलाई बोलाइएको बैठक बन्दका कारण आवागमनमा असहजता भएपनि स्थगित गरिएको एमाले कार्यालयले जनाएको छ । एमाले विधानअनुसार महाधिवेशनपछिको दोस्रो ठूलो निकाय मानिने परिषद्को भेला आगामी फागुन २१, २२ र २३ गते राजधानीमा...

बाँकी पढ्नुहोस्
जनताले राष्ट्रपतिभन्दा बढी माया गरेका छन् : अध्यक्ष प्रचण्ड

माघ ९ । काठमाडौ – एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफूहरुलाई ‘लटरपटर’ पारेर राष्ट्रपति बन्ने आशंका व्यक्त गर्दै प्रत्यक्ष राष्ट्रपतिय शासन प्रणालीको सख्त विरोधमा कांग्रेसलगायतका दलहरु उत्रिरहेकै बेला उहाँले आफूलाई राष्ट्रपति हुने कुनै आकांक्षा नरहेको स्पष्ट पार्नुभएको छ ।
राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो –‘मलाई जनताले राष्ट्रपति भन्दा बढी माया...

बाँकी पढ्नुहोस्
Move
-

मोफसल

मुख्य

भुपेन्द्र केसी माघ १२, रुकुम । ‘हामी महिला भएकै कारण हामीलाई दोस्रो दर्जाको रुपमा हेरिन्थ्यो त्यसमा झन श्रीमानलाई गुमाएर एकल हुँदा झनै हामीलाई हाम्रो समाजले तेस्रो दर्जाको रुपमा हेर्ने गर्दछन् ।’ यो भनाई हो रुकुमको सदरमुकाम खलंगास्थित जिल्ला विकास समितिको सभाहलमा भएको एक अन्तरक्रिया कार्यक्रममा सहभागी एकल महिलाहरुको । एकल महिलाहरुको लागि भनेर छुट्टै बजेट र कार्यक्रमहरु ल्याइनुपर्ने रुकुमको...

बाँकी पढ्नुहोस्

झापा/ झापाको बुधबारे– ६ स्थित साना सहरी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा विहीबार आगलागी हुँदा पाइप जली २ लाख बराबरको क्षति भएको छ । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयबासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

बाँकी पढ्नुहोस्

कृष्ण अधिकारी – हिमताल फुटेर ठूलो बाढी आई कतै गाउँ नै बगाएर लैँजाला कि भन्ने चिन्ताले बाह्रबिसेका ७७ वर्षीय रत्नकाजी श्रेष्ठलाई सधैँ सताउने गर्दछ ।
पछिल्लोपटक २०४४ सालमा आएको बाढीले पाँच जनालाई बगाएको, थुप्रै घरहरु नष्ट गरेको, सयौँ वस्तुभाउ बगाएको तथा सुनकोसी जलविद्युत् गृहको बाँधमा पु¥याएको क्षतिको सम्झना उहाँलाई अहिले पनि ताजै छ ।
‘हेर्दाहेर्दै नदीमा ठूलो बाढी आयो, मानिसको भागाभाग भयो...

बाँकी पढ्नुहोस्
Move
-

खेलकुद

मुख्य

माघ १२, खोटाङ । माघको चौथो हप्तादेखि विराटनगरमा हुने पूर्वाञ्चलस्तरीय विभिन्न खेलकुदमा सहभागि हुन खोटाङबाट छनोट भएका १७२ जना खेलाडीलाई खोटाङ जिल्ला विकास समितिले रु एक लाख ७२ हजार बराबरको ट्र्याकसुट दिने भएको छ ।  आज बिहीबार जिल्लाका खेलाडीसहित जिविसमा बसेको छलफलमा खेलाडीलाई पोशाक दिने सहमति बनेको खेलकुद विकास समितिका सदस्य भीम राईले बताउनुभयो ।
हालै भएको जिल्लास्तरीय छनोट प्रतियोगिताबाट...

बाँकी पढ्नुहोस्

माघ १० । नुवाकोट – मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा बट्टारमा सञ्चालित  छैटौं क्षेत्रीय जुडो प्रतियोगिता  सम्पन्न भएको छ ।
प्रतियोगिताबाट छनोट भई राष्ट्रिय जुडो प्रतियोगिताका लागि १८ जना खेलाडी मध्यमाञ्चलबाट प्रतिस्पर्धा गर्ने भएका छन् ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा भएको प्रतियोगितामा ललितपुर र काठमाडौंले चार/चार स्वर्ण र नुवाकोटले तीन स्वर्ण पदक जितेका छन् ।...

बाँकी पढ्नुहोस्
उपविजेता शेर्पाकै पोल्टामा

माघ ८ । बुटबल । लिग विजेता नेपाल पुलिस क्लब र मनाङ मस्र्याङदीबीचको खेल गोलरहित भएपछि लिग उपविजेताको उपाधि हिमालयन शेर्पा क्लबको पोल्टामा परेको छ । आज देविनगरमा रहेको एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा भएको लिगको अन्तिम खेलमा नेपाल पुलिस र मनाङ मस्र्याङ्दीको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।
नौ खेलबाट २१ अंक जोड्दै लिग विजेता बनेको लिगको एक मात्र अपराजित टोली पुलिसले २५ लाख रुपैयाँ हात पारेको...

बाँकी पढ्नुहोस्
Joomla Templates and Joomla Extensions by JoomlaVision.Com
  • चलचित्र

  • अन्तर्राष्ट्रिय

  • अनौठा-समाचार

  • अर्थ

  • साहित्य

Joomla Templates and Joomla Extensions by JoomlaVision.Com
  • Top-Headlines

तपाईंको मत

जारी शान्ति प्रकृया अबरुद्ध हूनूमा को बढी दोषी देख्नूहून्छ ?

अनलाईन मित्रहरु

We have 57 guests online